अर्थ

नेपालमा यस्ता छन् १ लाख माथीका ‘स्मार्ट फोन’

नेपालमा यस्ता छन् १ लाख माथीका ‘स्मार्ट फोन’

पछिल्लो समय नेपालमा पनि उच्च मूल्यका स्मार्टफोनहरु प्रशस्त बिक्री हुने गरेका छन् भने उत्तिकै प्रयोगकर्ताहरु पनि बढिरहेका छन्।

महँगा स्मार्टफोन बनाउने विश्वव्यापी कम्पनी र तीनका ब्रान्ड नेपालमा छन्। एप्पल, हुवावे र सामसङका फोनहरु उच्च मूल्य रेन्जमा उपलब्ध छन्। यसमा एप्पलका आइफोन सबैभन्दा महँगा स्मार्टफोन हुन्।

आइफोन एक्सएस म्याक्स गोल्डको मूल्य २ लाख ३ हजार रुपैयाँ रहेको छ। २५६ जिबी स्टोरेज क्षमता भएको यो फोनसँगै

आइफोनकै एक्सएस गोल्डको मूल्य १ लाख ८७ हजार रहेको छ। यो फोन स्पेस ग्रेमा, सिल्भरमा पनि रहेको छ। एक्सएस म्याक्सको मूल्य १ लाख ७९ हजार रहेको छ। आइफोन एक्सएस म्याक्सको मूल्य १ लाख ७० हजार छ भने एक्सएसको मूल्य १ लाख ५३ हजार रहेको छ।

त्यस्तै नेपाली बजारमा पाइने १ लाख माथि मूल्य पर्ने स्मार्ट फोन हो हुवावेको मेट २० प्रो। वायरलेस चार्जिङ सुविधा भएको यो फोनको मूल्य १ लाख २९ हजार रहेको छ।

अर्को ब्रान्ड हो सामसङ ग्लालेक्सी एस १० र नोट ९ सिरिजका अधिकांश स्मार्ट फोनको मूल्य १ लाखमाथि रहेको छ। ग्यालेक्सी एस १० प्लसको मूल्य १ लाख २३ हजार छ। नोट ९ को मूल्य १ लाख ५ हजार रहेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal