विचार/व्लग

रिनाको मृत्युपछि विरक्तीएका श्रीमानले गरे मर्मस्पर्शी कुरा …

रिनाको मृत्युपछि विरक्तीएका श्रीमानले गरे मर्मस्पर्शी कुरा …

आफ्नो परिवारको लागी ठुला ठुला सपना बुन्दै विदेशीएको सन्तोष बस्नेत अहिले जिन्दगी देखि विरक्तीएका छन । आफ्नो परिवारलाई सुखमा राख्ने भन्दै दुवईमा लामो समय देखि मजदुरी गदै आएका सन्तोष श्रीमतीको मृत्युपछि अहिले विरक्तीएका छन् ।

आफ्नो श्रीमती रिना र छोराको भविष्यका लागि विदेश गएका सन्तोष अहिले विदेशीएकै कारण आफ्नो घर विग्रीएको बताउँछन । श्रीमती र छोराको खुसीको लागि विदेश गए पनि दैवले खुसी खोसेको बताउँछन । लामोे समय देखि विदेशमा पसिना बगाए तर मैले केहि पाईन उनी भन्छन् । घरमा श्रीमती सम्म भेट्न सकिन उनले गुनासो गदै भने ।

आफ्नो श्रीमतीलाई कसैले हत्या नै गरेको हुनु पर्छ उनी दाबीका साथ भन्छन् । श्रीमतीको नग्न शरिर सहितको शव भेटियो भनेर विदेशमा सुन्दा आफु धेरै नै पिडामा परेको सुनाए । जस्को लागि विदेशमा पसिना बगाए उही आज म सँग छैन सन्तोष गहभरी आसु पादै भन्छन् ।

अर्कोको देशमा गएर दुख गर्ने सम्म गरे तर मलाई दैवले नै ठग्यो उनी यसरी नै गुनासो गर्छन् । मृत्यु पछि पनि श्रीमतीको नकरात्मक कुराले आफु थप पिडित बनेको उनी बताउँछन ।

रिनाको हत्याको विषयमा गम्भिर हुन प्रहरी समक्ष उनको अनुरोध छ । दोषी भए कडा कार्वार्ही गर्ने माग गदै उनले घट्नाको निश्पक्ष छानविनको माग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस