प्रवास

रङ्गशाला निर्माणका लागि युएईबाट १ दिनमै उठ्यो यति धेरै सहयोग

रङ्गशाला निर्माणका लागि युएईबाट १ दिनमै उठ्यो यति धेरै सहयोग

युएई : धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागि यो साता युएईबाट २२ लाख जुटेको छ ।

चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निमार्णका लागि युएईमा गत २६ अप्रिलमा आयोजित धर्मुस–सुन्तली साँझ कार्यक्रमबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको कलाकार सिताराम कटेलले बताएका छन् भने युएईकै अबुधाबीमा गायक प्रकाश पौडेलको अग्रसरतामा २ लाख रुपैयाँ छुट्टै संकलन भएको बताए

गायक पौडेलले अबुधाबीमा रहेका व्यावसायी र सर्वसाधारण नेपालीलाई अबुधाबीको चुलो रेस्टुरेन्टमा गत २७ अप्रिलमा मिट एन्ड ग्रीट कार्यक्रम आयोजना गरी उक्त रकम १ दिनमा सङ्कलन गरी धुर्मुसण्सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

चितवन समाज युएईको संयोजन र युएईका करिब ४० नेपाली सङ्घसंस्थाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको प्रारम्भिक हिसाबकिताब सार्वजनिक गर्दै आयोजक समितिका सदस्य मदन अधिकारीले यो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस