अन्तर्राष्ट्रिय

साइप्रसका सैनिकले लगतार ७ महिलाको हत्या गरेको स्विकारे, एक नेपाली हुनसक्ने

साइप्रसका सैनिकले लगतार ७ महिलाको हत्या गरेको स्विकारे, एक नेपाली हुनसक्ने

साइप्रसमा एक व्यक्तिले सात महिलाको हत्या गरेको आरोप स्विकारेका छन् । दुईवटा शव यसै महिना बाटोमा भेटिएका थिए भने तेस्रो बिहिबार भेटिएको थियो ।

मुख्य संदिग्ध ३५ वर्षका ग्रीक–साइप्रस मूलका सैन्य अधिकारीले थप हत्या गरेको कुरा स्विकारेका छन् । उनीबाट पाएको सूचनाको आधारमा अब पुलिसले बाँकी शवको खोजीमा जुटिरहेको छ । यीमध्ये एक महिला जो भारतीय वा नेपाली मूलको हुनसक्ने बताएको छ । श्रृङ्खलाबद्ध हत्यामा ज्यान गुमाउने रोमानियाकी एक महिला र उनकी आठ वर्षकी छोरी पनि छिन् ।

हत्या गरिएकी अर्की महिलाको पनि ५ वर्षीया छोरी हराइरहेकी छिन् । अनुसन्धानकर्ताले बिहिबार नै तेस्रो महिलाको शव बरामद गरेको छ । संदिग्ध आफैंले अनुसन्धानकर्तालाई उक्त स्थानमा लिएर गएका थिए । यी महिला सन् २०१७ डिसेम्बरमा हराएकी थिइन् ।

अहिलेसम्म शव बरामद गरिएका तीन महिला फिलिपिन्स मूलका हुन् । संदिग्ध्को नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन । पुलिसले अनुसन्धानका लागि बेलायती अनुसन्धानकर्ताको पनि मद्दत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस