प्रदेश

पोखरामा माईक्रोद्धारा स्कुटीलाई ठक्कर : एक युवती घाइते

पोखरामा माईक्रोद्धारा स्कुटीलाई ठक्कर : एक युवती घाइते

पोखराको जिरो कि.मिमा माइक्रो बस र स्कुटर ठोकिँदा स्कुटरमा सवार एक युवती घाइते भएकी छिन्

ग १ ज ६७११ नम्बरको माइक्रो बस र स्कुटर एकाआपसमा ठोकिदा सेदीबगर निवासी स्कुटर चालक अन्दाजी २२ वर्षीय अस्मीता थापा घाइते भएकी हुन् ।

घाइते थापाको अहिले रिजनल हस्पिटलमा उपचार भइरहेको छ । घाईतेको अवस्था सामान्य रहेको बताईएको छ । भने गाडी चालक २१ वर्षका राजु नेपाली र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
भने स्थानीयवासीका अनुसार माइक्रो बस चालकको गल्तीका कारणले उक्त दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस