प्रवास

त्यसपछि मात्रै नेपालमा जापानिज भाषा परीक्षा हुने

त्यसपछि मात्रै नेपालमा जापानिज भाषा परीक्षा हुने

नेपाली कामदार जापानले लैजाने प्रक्रिया सुरु गर्ने विषयमा कुनै टुंगो लागि नसकेको सरकार बताउँछ ।दुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरे पनि जापानले अझै भाषा परीक्षाको मोडालिटी टुंगो लगाएको छैन ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल जापानले भाषा परीक्षा र भर्ति प्रक्रियाका विषयमा गहृकार्य गरिरहेकाले कामदार लैजाने प्रक्रिया र मितिबारेे टुंगो नलागेको बताए ।

जापानले हाल परीक्षणका रुपमा इन्डोनेसिया र फिलिपिन्समा भाषा परीक्षा सञ्चालन गर्दैछ । त्यसपछि मात्रै नेपालसहित अरु ७ मुलुकमा कामदार आपूर्तिका लागि परीक्षा गर्ने मन्त्रालय स्रोत बताउँछ ।

‘जापानले आफ्नो प्रक्रिया र मोडालिटी टुंगो लगाएपछि कामदार भर्तिको प्रक्रिया सुरु हुन्छ,’ सचिव दाहालले भाषा कक्षा सञ्चालन गर्ने संस्थाहरुमाथि शिक्षा मन्त्रालयले निगरानी बढाएको बताउँदै हाल कोर्सको विषयमा अस्पष्टता रहेको स्वीकारे । जापानले दुई देशमा परीक्षण स्वरुप भाषा परीक्षा गरेपछि नेपालमा पनि भाषा परीक्षाको कोर्स पठाउने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७