प्रदेश ४

पोखरामा महिला पर्यटक नाङ्गै हिँडेपछि … यतिसम्म भयो

पोखरामा महिला पर्यटक नाङ्गै हिँडेपछि … यतिसम्म भयो

पोखराको लेकसाइडमा एक पर्यटक महिला नाङ्गै हिँडेपछि देख्नेहरु लज्जित बने । सडकमै यसरी नग्न अवस्थामा महिला हिँडेपछि कोहि अचम्म मान्दै हिँडे, कोहि लज्जित हुँदै शिर निहुराउन बाध्य भए ।यो घटना र सोमबार दिऊँसो ४ बजेतिरको हो ।

उनको टाउकोमा टोपी बाहेक कतै बस्त्र थिएन । स्थानीयले पर्यटकलाई नाङ्गै हिँडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटक प्रहरीले ति महिला पर्यटकलाई पक्राउ गरेको छ ।

ति महिला पर्यटकलाई अहिले कपडा लगाईदिएर राखेको प्रहरीले जानकरी दिएको छ । कुन देशकी हुन्, नाम के हो, किन नाङ्गै हिँडिन् भन्नेबारेमा केही पनि नबोलेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस