प्रवास

राजेश पायल राईले कुवेतमा यसरी मच्चाए धमाका

राजेश पायल राईले कुवेतमा यसरी मच्चाए धमाका

राजेश पायल राईले कुवेतमा धमका मच्चाएका छन् । गत शुक्रवार कुवेतको जिलीबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको संस्थाको तेश्रो प्रस्तुती नव वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा मेघा म्युजिक शो मा प्रसिद्ध गायक राजेश पायल राईले आफ्नो धमाकेदार प्रस्तुती लिएका हुन् ।

मेघा स्टार राई इच किङ्स भनेर चिनिने गायक राजेश पायल राईको व्यग्र प्रतिक्षामा रहेका कुवेतवासी नेपाली गायक राईको प्रस्तुती हेर्न आतुर भएका थिए । साँझ ३ बजे गायक कार्यक्रम हलमा प्रवेश गर्दै गर्दा दर्शकबाट ताली वर्षेको थियो भने गायक राईलाई पन्चे बाजाले स्वागत गरिएको थियो ।

मञ्चमा उक्लिने बित्तिकै उनको निकै नै चर्चित दर्शन नमस्ते बोलको गीत गुनगुनाए । नेपाली गीतसंगीतमा हजारौं स्टेज कार्यक्रममा सहभागि भइसकेका गायक राजेश पायल राईको गीतको तरङ्ग सुरू हुने बित्तिकै उत्साहित भएका दर्शकहरू पहिलो गीतमै हुटिंग गर्न थालेका थिए।

गायक राईले पहिलो प्रस्तुती स्वरूप ‘मायाको जालोले तान्यो बेसरी , माकुरी तिम्रो जालमा परे कसरी रु’ बोलको गीत पस्केका थिए । करिब एक दर्जन जति गीत पस्की कुवेतवासी नेपाली हरुलाई नचाउनु नचाए ।

नव वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा मेघा म्युजिक शो कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू, पत्रकारहरू ,बुद्दिजिबी , समाजसेवी कुवेतवासी नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७