प्रदेश ४

गोठमा आगोलागी : ३ वर्षीय बालकको जलेर मृत्यु

गोठमा आगोलागी : ३ वर्षीय बालकको जलेर मृत्यु

बागलुङ जिल्लाको पश्चिम निसीखोलामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ। शनिबार निसीखोला गाउँपालिका २ छरछरेमा स्थानीय बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ वर्षीया छोरा विशाल सुनारको जलेर ज्यान गएको समाचार अन्नपूर्ण पोष्टमा दिल श्रीसले लेखेका छन् ।

गोठमा बालबालिका मात्रै रहेको अवस्थामा अचानक आगलागी हुँदा उक्त घटना भएको निसीखोला गाउँपालिका २ का वडा अध्यक्ष कुवीर विकले जानकारी दिए। गोठ जलेर नष्ट हुँदा ३ लाख बराबरको क्षति समेत भएको अध्यक्ष विकले बताए।

आगोलाई स्थानीयले नियन्त्रणमा लिएका छन्। घटना पश्चात इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal