प्रवास

दुई साता अघि बिहे गरि जापान पुगेकी ममताको ट्रिपरको ठक्करबाट मृत्यु

दुई साता अघि बिहे गरि जापान पुगेकी ममताको ट्रिपरको ठक्करबाट मृत्यु

अध्ययनको लागि जापान पुगेकी एक युवतीको ट्रिपरको ठक्करबाट ज्यान गएको छ। जापान नागोया मेकेनको योकाईची सिटीमा सोमबार बिहान साढे ९ बजेतिर साईकलमा विद्यालय जाँदै गरेकी ममता मोक्तानलाई ट्रिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो।

ममता नागोयामा रहेको योक्काईची कलेज अफ ईन्फरमेशन एण्ड ल्यांग्वेजमा सेन्मोन गाग्गोमा अध्ययन गर्दै आएको बताइएको छ । ममता सन् २०१६ को अप्रिलमा भाषा अध्ययनका लागि विद्यार्थीको रुपमा जापान गएकी थिईन् ।

ममता दुई साता अघिमात्र नेपाल आएर नुवाकोटको शिवपुरी गाउँपालिका स्थायी घर भएका प्रेमी राम तामाङसँग बिवाह गरि जापान फर्केको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७