प्रवास

मलेसियामा बस नालीमा खसेर भयानक दुर्घटना : २ नेपालीसहित ११ जनाको मृत्यु

मलेसियामा बस नालीमा खसेर भयानक दुर्घटना : २ नेपालीसहित ११ जनाको मृत्यु

पोखरा, आइतबार राती मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको ज्यान गएको छ । ज्यान जानेमा नेपाली रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेको समाचार छ।

४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो ।

दुर्घटनामा ३३ जना घाइते भएका छन् । बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी र १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेको मलेसियन प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यम मेट्रोले उल्लेख गरेको छ ।

रातीको काम गर्ने कामदार बोकेर काम गर्ने ठाउँतिर जाँदै गरेको बस दुर्घटनामा परेको हो । बस १० मिटर तल नालिमा खसेको छ । घाइतेहरुको सेरदान, पुत्रजया, बान्तिन र काजाङ अस्पतालमा उपचार भइरहेको समाचार छ ।

प्रतिक्रिया दिनुहोस