अर्थ

अब जाने हैनत ‘चन्द्रागिरी महोत्सव’मा रम्न ?

अब जाने हैनत ‘चन्द्रागिरी महोत्सव’मा रम्न ?

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा आगामी २९ चैतदेखि ७ वैशाखसम्म महोत्सव आयोजना हुने भएको छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरिमा दोस्रो चन्द्रागिरी महोत्सव हुन लागेको हो ।

महोत्सवक चन्द्रागिरी नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सह–आयोजनामा हुने प्रचारप्रसार समितिले जानकारी दियो ।

महोत्सव चन्द्रागिरी–१२ गुर्जुधारामा हुनेछ । पर्यटकीय स्थल चन्द्रागिरीलाई स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान र अझ चिरपरिचित गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताईएको छ ।

नौ दिनसम्म चल्ने महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलनगायतका १०० बढी कक्ष रहने महोत्सवका संयोजक रामनारायण घिमिरे बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal