अर्थ

युवाको कोरिया सपना : भाषा परीक्षाका लागि ९३ हजार आवेदन

युवाको कोरिया सपना : भाषा परीक्षाका लागि ९३ हजार आवेदन

ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९३ हजार ३७६ फारम भरेका छन्। कोरिया भाषा परीक्षाका लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्ममा ९३ हजारको अावेदन परेको हो ।

ईपएिस शाखाकाअनुसार अन्तिम दिन आइतबार रातिसम्म आवेनद दिएका ९३ हजार ३७६ मध्ये उत्पादनतर्फ ६३ हजार ४६७ र कृषि तथा पशुपालनतर्फ २८ हजार ८८९ आवेदन परेका छन् ।

गत वर्षभन्दा यस वर्ष करीब ११ भन्दा बढी आवेदन परेको छ । कोरियाले यसपाली १० हजार ५० जना नेपाली कामदार कोरिया लैजाने तयारी गरेको छ। परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७