प्रवास

डा. भेषबहादुर थापाकी पुत्री तेजश्रीको अमेरिकामा निधन

डा. भेषबहादुर थापाकी पुत्री तेजश्रीको अमेरिकामा निधन

पूर्वपरराष्टमत्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापालाई सन्तान बियोग परेको छ । ५ वर्षअघि छोरा भाष्कर गुमाएका डा. थापाले जेठी छोरीलाई पनि गुमाउन पुगे ।

न्युयोर्कमा बस्दै आएकी डा. थापाकी छोरी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको छ । सामाजिक न्याय र वकालत क्षेत्रमा काम गरेकी तेजश्रीले संयुक्त राष्टसंघीय मिसनमा पनि काम गरेकी थिइन् ।

उनको कुन रोगका कारण निधन भएको भन्ने खुलाइएको छ । तर, परिवारका सदस्यहरुबीच उनको निधनको घोषणा गरिएको पत्रकार तथा तेजश्रीकी बहिनी मन्जुश्री थापाका पति ड्यानियल ल्याकले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७