प्रवास

कोरियन भाषा परीक्षाको आवेदन चैैैैतमा, कसरी भर्ने अनलाईनबाटै फारम

कोरियन भाषा परीक्षाको आवेदन चैैैैतमा, कसरी भर्ने अनलाईनबाटै फारम

कोरियन भाषा परीक्षाका लागि आगामी चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ। कोरियाले सन् २०१९ का लागि नेपाली श्रमिकको कोटा निर्धारण गरेपछि भाषा परीक्षाका लागि आवेदन खुल्ला हुने भएको हो।

जसका लागि आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको र कोरियाले सन् २०१९ मा नेपालबाट १० हजार ५० जना पास गराउने जनाएको छ।

परीक्षा २०७६ जेठ २५ र २६ गते काठमाडौँ र पोखरामा सञ्चालन हुने ईपीएस शाखाले जनाएको छ । परीक्षाका लागि २४ डलर शुल्क लाग्ने छ। जसका लागि १८ पुगेर ३९ वर्ष ननाघेका नेपालीहरुले आवेदन दिन सक्ने छन्।

फारम भर्नका लागि राहदानीको फोटो भएको साईडको रंगिन स्क्यान जेपिजी इमेज फाइल, भर्खरै खिचिएको पासपोर्ड साईजको फोटो, इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य रुपमा हुनुपर्ने ईपीएस शाखाले जनाएको छ।

आवेदन दर्ता https://eoers.epsnepal.gov.np/ मा गई अनलाईन फारम भर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७