प्रवास

रवि वडले दुबईमा धरधरि रुवाए दर्शक !

रवि वडले दुबईमा धरधरि रुवाए दर्शक !

युएई – शुक्रबार दुबईमा सम्पन्न भएको गोर्खाली साँझ–२०१९ कार्यक्रममा नेपाल आइडलका विजेता रवि वडले गीत गाउँदा उनका समर्थकहरु भावुक बन्न पुगे ।

रविले स्टेजमा सुदुरपश्चिमेली भाका, सालैजो, हेमन्त रानाको मार्मिक गीत सुन साँइली, शिव परिवारको पिउँदिन भन्दाभन्दै पिलायो साथीले लगायतका गाउँदै गर्दा उपस्थित दर्शकले अाँशु नैै झारेका थिए ।

आइडलका अन्य तीन कलाकारहरु अस्मिता अधिकारी, सुमित पाठक र बिक्रम बरालको प्रस्तुति सकिएलगत्तै रवि ओडलाई स्टेजमा ल्याइएको थियो। रविको प्रस्तुति हेर्नको लागि कार्यक्रमको अन्तसम्म पनि दर्शकहरुको भीड लागेको थियो।

मनोज गोर्खाली र मदन अधिकारीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल आइडलका कलाकारसहित चर्चित लोक गायक कुलेन्द्र बिक, नायिका तथा नृत्यङगना एलिना रायमाझी, कलाकार रमेश दुलाललगायत अन्य कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७