प्रवास

२ बर्षमा ४० देश घुमेका नेपाली जोडी : जसको बिश्वब्यापी चर्चा

२ बर्षमा ४० देश घुमेका नेपाली जोडी : जसको बिश्वब्यापी चर्चा

विदेश घुम्ने रहर कसलाई नहोला ? अझ माया गर्ने साथी र खल्तीमा टन्नै पैसा भयो भने त जोकोही यो संसारको फन्को लगाउन चाहन्छन् । यस्तो किसिमको सोच प्रेमिल जोडीहरूमा समेत जागृत भैरहेको हुन्छ ।

एक नेपाली दम्पतीले जागिरबाट समय निकालेर २ वर्षको अवधिमा ४० मुलुक घुमेको कुराले अहिले विश्वव्यापी चर्चा पाइरहेको छ । हाल बेलायतको डर्टफोर्डमा बसोबास गर्ने संगम भण्डारी तथा उनकी श्रीमती शिखा न्यौपानेले गरेको विदेश भ्रमणले निकै चर्चा पाएको छ ।

शिखा लन्डनको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत छिन् भने संगम एक आईटी कम्पनीमा कार्यरत छन् । उनीहरू दुवैको वार्षिक पारिश्रमिक करिब ७३ लाख नेपाली रुपैयाँ हुने गरेको छ भने महिनामा एक जनाको औसत खर्च २ लाख रुपैयाँ भन्दा बढी हुन्छ । यस्तो अवस्थामा भण्डारी दम्पती अनावश्यक खर्च जोगाएर विभिन्न विमान कम्पनी तथा होटलहरूले दिने अफरहरूको फाइदा उठाएर घुम्न सफल भएका हुन् ।

हामी यूरोपका विभिन्न मुलुकमा दिइने छुटका योजनाहरू
हेर्छौ। केहीले त दुई जनालाई ३० हजार रुपैयाँमै घुम्ने प्याकेज दिइरहेका हुन्छन् । हो, हामी यही कुराको फाइदा उठाउँछौं । बिहिवारको विमान यात्रा तुलनात्मक रूपमा अरु बेलाको भन्दा सस्तो हुने हुँदा हामी यात्राका लागि त्यही दिन छान्छौं । यात्रामा निस्कदा खर्च नहुने कुरै हुदैंन तर कम खर्चमा कसरी रमाइलो गर्ने भन्ने कुरामा बढी केन्द्रित हुन्छौ ।

उनीहरूले गरेको सबैभन्दा सस्तो भ्रमण बार्सिलोनाको हो । बार्सिलोना घुम्दा उनीहरूको साढे १४ हजार रुपैयाँ मात्र खर्च भएको थियो । यसमा उनीहरूको विमान यात्रा लगायत होटलमा बस्ने–खाने खर्च समेत संलग्न छ ।

दुई वर्षमा शिखा र संगमले घुमेका देश
१. बेलायत २. एन्डोरा ३. अस्ट्रिया ४. बेल्जियम ५. बुल्गेरिया ६. क्रोएसिया ७. साइप्रस ८. चेक रिपब्लिक ९. डेनमार्क १०. फ्रान्स ११. जर्मनी १२. ग्रिस १३. हंगेरी १४. आइसल्यान्ड १५. इटाली १६. लिचेष्टाइन १७. लक्जेम्बर्ग १८. माल्टा १९. मोनाको २०. नेदरल्यान्ड २१. नर्वे २२. पोल्यान्ड २३. पोर्चुगल २४. रोमानिया २५. सेन्ट मारिनो २६. स्लोभाकिया २७. स्लोभेनिया २८. स्पेन २९. स्विडेन ३०. स्विटजरल्यान्ड ३१. भ्याटिकन सिटी ३२. भारत ३३. इन्डोनेसिया ३४. मलेसिया ३५. नेपाल ३६. सिंगापुर ३७. थाइल्यान्ड ३८. भियतनाम ३९. अमेरिका ४०. अस्ट्रेलिया

स्रोत: डेली मेल

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७