मुख्य समाचार

राउटे समुदाय : ३१ वर्षीय युवाको १२ वर्षीय बालिकासँग बिहे

- ज्योति कटुवाल

राउटे समुदाय : ३१ वर्षीय युवाको १२ वर्षीय बालिकासँग बिहे

सुर्खेत – लेकबेँसी नगरपालिकास्थित भेरी नदी किनारमा बस्दै आएकी राउटे समुदायकी मयाराम शाही १२ वर्षीय भइन् । उनको गतसाता आफूभन्दा २० वर्ष जेठा दलबहादुर शाहीसँग विवाह भयो । त्यस्तै राउटे बस्तीकै १३ वर्षीया सुरमान शाही ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिइन् ।

यी दुई मात्र होइन, एक साता अवधिमा राउटे बस्तीका पाँच बालिकाको विवाह भएको छ । उनीहरुले विवाह गरेका अधिकांश पुरुषको उमेरमा धेरै अन्तर छ । राउटे बस्तीमा यी सबै विवाह राति गरिएका हुन् । तर पाँचै जना बालिकाले आफ्नो विवाह भएकोबारे थाहा नभएको बताए । विवाह गरेका सबै १३ देखि १५ वर्षसम्म छन् ।

दलबहादुरको मयारामसँग भएको यो दोस्रो बिहे हो । पहिलेकी पत्नीको मृत्यु भएपछि उनले मयारामसित बिहे गरेका हुन् । दलबहादुरका दुई सन्तान छन् ।

तर, मायारामलाई आफ्नो बिहे दलबहादुरसँग भएको थाहा छैन । ‘उसले अझै पनि म उसको श्रीमान् हो भन्ने थाहा पाउँदिन्,’ दलबहादुरले भने, ‘सानै छे उमेर बढेसँगै विस्तारै सबै कुरा बुझ्छे भन्ने विश्वासमा छु ।’ यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal