अन्तर्राष्ट्रिय

मोदीले मजदुरका खुट्टा मिचमिची धोईदिए !

मोदीले मजदुरका खुट्टा मिचमिची धोईदिए !

कसैलृ सफाइ गर्ने मजदुरको खुट्टा मिचिमिची धोइदेला ? आफ्नै मान्छेले पनि खुट्ट धोईदिन गार्हो मान्छन् । यसरी कामदारको खुट्टा धोइदिनेहरु बिरलै होलान् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार कुम्भमेलामा सफाइ मजदुरहरुको खुट्टा धोइदिएका छन् । जुन निकै भाईरल बनिरहेको छ ।

‘स्वच्छ कुम्भ स्वच्छ आभार’ कार्यक्रममा उनले सरसफाइ कर्मचारीहरुलाई सम्मान गरेका हुन्। खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको कार्यक्रममा मोदीले दुई जना महिलासहित ५ जनाको खुट्टा धोएका थिए।

मोदीले खुट्टा धोएनन् मात्र त्यसपछि पुछिदिए अनि ढोगेर खादा ‌पनि ओढाइदिएका थिए।

भारतीय जनताले पार्टीले मोदीले सफाइ कर्मचारीहरुको खुट्टा धोएको भिडियो ट्विटरमा हालेर प्रचार गरेको छ। मोदीले नजिकिँदै गरेको आम निर्वाचनलाई लक्षित गरी उक्त कार्य गरेको बुझिएको छ।

https://t.co/x39u8JgyVe

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal