मुख्य समाचार

ललितपुरको नख्खुस्थित ‘एनसेल’को कार्यालयमा कसले पड्कायो बम ?

ललितपुरको नख्खुस्थित ‘एनसेल’को कार्यालयमा कसले पड्कायो बम ?

नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् ।

घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुमा बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा, भैसेपाटी बस्ने सिंह प्रताप गुरुङको बीएण्डीमा र पुरुषा मानन्धरको मेडिसिटीमा उपचार भइरहेको छ ।

ललितपुर प्रहरी प्रमुख रवीन्द्र घानुक अनुसार विस्फोटमा प्रेसर कुकर बम प्रयोग भएको थियो । बम बिस्फोटबाट गेटमा क्षति पुगेको साथै छेउको पसलमा पनि क्षति पुगेको प्रारम्भिक रिपोर्ट आएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बम विस्फोट गराउनेको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal