मुख्य समाचार

जीप दुर्घटनापछिको दृश्य : जसलेे हरेकलाई रुवाउँछ !

जीप दुर्घटनापछिको दृश्य : जसलेे हरेकलाई रुवाउँछ !

बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं ८ मा फागुन ७ गते साँझ भएको पीकअप जीप दुर्घटनामाा सिकारु चालक र साँघुरो सडकका कारण स्कुले किशोरीहरुले ज्यान गुमाउन पुगे । उनिहरुको बिहिबार मालढुंगा स्थित कालीगण्डकी नदिमा अन्त्यष्टी गरियो ।

जहाँको यो दृश्य देखेर नरुनै कोही थिएन् । परिवार र गाउँ त शोक मा छ नै जुन दृश्य देखेर बाटोमा हिड्ने यात्रुका समेत आँखा रसाएका थिए ।

जनकल्याण माध्यमिक बिद्यालयको बार्षिकोत्सवमा सहभागी भएर घरतर्फ फर्किने क्रममा पीकअप जीप दुर्घटना हुँदा सोही बिद्यालयमा अध्ययनरत तीन जना छात्राहरु प्रियंका पुन, एलिना पुन र ज्योति पुन साथै बिद्यालयकी लेखापाल टीका पुनको दुखद मृत्यु भएको थियो ।

जीपमा सवार अधिकांश बालबालिकाहरु सोहि बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु हुन् । स्थानीयहरुले जीपका चालक १८ वर्षिय प्रविण पुन पनि सोहि बिद्यालयको बिद्यार्थी भएको बताईएको छ ।

दुखद घटनासँगै सिँगो छिस्ती गाउँ शोकमा डुबेको छ भने मृतकका घरपरिवारमा रुवाबासी छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal