मनोरञ्जन

प्रदीप र जसिताको दुवै हात गुमाएकी मेघालाई सहयोग

प्रदीप र जसिताको दुवै हात गुमाएकी मेघालाई सहयोग

फिल्म ‘लभ स्टेशन’ युनिटले पनि आफूलाई सामाजिक काममा अगाडि देखाएको छ । फिल्म टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार उनकै डेरा भक्तपुरमा गएर १ लाख रुपैयाँ सहयोग गरेको हो । फिल्मका अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही र संगीतकार एलिस कार्कीसहितको टोलीले मेघालाई उक्त रकम सहयोग गरेको हो ।

दुवै हात गुमाएकी मेघाको हात राख्नको लागि आर्थिक सहयोगको खाँचो रहेको थाहा पाएपछि हामीले फिल्मको तर्फबाट १ लाख दिएको निर्माता गोविन्द शाहीले बताए ।

कार्यक्रममा कलाकार शिशिर भण्डारीले जम्मा गरेको रकम ४ लाख सहयोग पनि सोही क्रममा अभिनेता प्रदीप खड्काले मेघालाई प्रदान गरेका थिए । ‘हाम्रो भेटले मेघालाई अझ अघि बढ्न प्रेरणा मिल्नेछ’ अभिनेता प्रदीपले भने । आफ्ना प्रिय नायक, नायिकालाई घरमै भेट्न पाउँदा आफूमा पनि खुसीको सिमा नरहेको मेघाले बताईन् ।

लभ स्टेशन प्रेमकथामा आधारित सामाजिक फिल्म हो । यसलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal