मनोरञ्जन

जलजलाको नयाँ गीतमा अञ्जलीको अभिनय

जलजलाको नयाँ गीतमा अञ्जलीको अभिनय

चर्चित रियालिटी शो ‘नेपाली तारा’ को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको नयाँ गीत सार्वजनिक भएको छ ।

जलजलासँगै क्रिस पिकेको स्वर रहेको उक्त गीतले बाध्यताले विदेशिने नेपाली युवाको कथा बोकेको छ । गीतको भिडियोमा लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल अञ्जली अधिकारी र कुमार श्रीले मोडलिङ गरेका छन् ।

भिडियो निकै राम्रो वनेको छ । काठमाण्डौं र आसपासका क्षेत्रमा खिचिएको भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् । प्रमोद जोशीको शब्द रहेको गीतलाई चर्चित गायक तथा संगितकार विशाल निरौलाले म्यूजिक र एरेन्ज गरेका हुन् ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal