मुख्य समाचार

यी किशोरी जसले सिकारु जीप चालकका कारण ‘स्कुले जीवनमै ज्यान गुमाए’

यी किशोरी जसले सिकारु जीप चालकका कारण ‘स्कुले जीवनमै ज्यान गुमाए’

बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं ८ मा फागुन ७ गते साँझ भएको पीकअप जीप दुर्घटनामाा सिकारु चालक र साँघुरो सडकका कारण स्कुले किशोरीहरुले ज्यान गुमाउन पुगे ।

जनकल्याण माध्यमिक बिद्यालयको बार्षिकोत्सवमा सहभागी भएर घरतर्फ फर्किने क्रममा पीकअप जीप दुर्घटना हुँदा सोही बिद्यालयमा अध्ययनरत तीन जना छात्राहरु प्रियंका पुन, एलिना पुन र ज्योति पुन साथै बिद्यालयकी लेखापाल टीका पुनको दुखद मृत्यु भएको थियो ।

जीपमा सवार अधिकांश बालबालिकाहरु सोहि बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु हुन् । गंभीर घाईते ४ जनालाई थप उपचारका लागी पोखरा रिफर गरिएको छ भने धौलागिरी अन्चल अस्पचालमा भर्ना गरिएका केहि घाईतेहरु डिस्चार्ज भैसकेका छन केहिको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

स्थानीयहरुले जीपका चालक १८ वर्षिय प्रविण पुन पनि सोहि बिद्यालयको बिद्यार्थी भएको बताएका छन् । उनले सवारी चालक अनुमति पत्र लिए नलिएकोमा स्थानीयले अनभिज्ञता जनाए ।

गाउँघरका सडकहरुमा सवारी साधन चलाउने चालकहरुले सवारी चालक अनुमति पत्र लिए नलिएको समय समयमा ट्राफिक प्रहरीले चेक गर्नुपर्ने आवश्यकता रहेको छिस्तीको दुर्घटनाले देखाएको छ ।

दुखद घटनासँगै सिँगो छिस्ती गाउँ शोकमा डुबेको छ भने मृतकका घरपरिवारमा रुवाबासी छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal