प्रवास

धन कमाउन गएकी अन्जु दुर्घटनामा परि ‘मलेसियामैँ अस्ताईन्’

धन कमाउन गएकी अन्जु दुर्घटनामा परि ‘मलेसियामैँ अस्ताईन्’

मलेसियाको सडक दुर्घटनामा परी एक नेपाली महिलाको ज्यान गएको छ। मोरङ, बिराटनगर स्थायी घर भएकी अन्जु कुमारी रिशिदेव दुई बर्ष अघि रोजगारिको शिलशिलामा क्याराभन मेनपावर काठमाडौ मार्फत मलेसिया पुगेकी थिईन्।

मलेसियाको बातुपाहतमा रहेको जिममिल इन्ड्रष्ट्रियल कम्पनीमा कार्यरत उनको गत फागुन ३ गते राति १० बजे सडक दुर्घटनामा परी ज्यान गएको हो।

अन्जु कम्पनीमा ओभर टाइम काम गरेर होस्टल फर्किने क्रममा रोड क्रस गर्दा दुर्घटनामा परेकी थिईन ।

दुर्घटना परेकी अन्जुको घटनास्थलमै मृत्यु भएको थियो। हाल अन्जुको शव पोस्टमार्टमको लागि मलेसिया बातुपाहतको सुल्तान हस्पिटलमा राखिएको छ।

यसरी धन कमाउन गएकी चेली मलेसीयमैै अस्ताउदा नेपाली समाज दुखि बनेको छ भने घरिपरिवारको पीडा बताई साध्य छैन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७