मुख्य समाचार

डीभी परेर अमेरिका जान खोज्दा ‘जेलको बास’

डीभी परेर अमेरिका जान खोज्दा ‘जेलको बास’

चितवनको भरतपुर महानगरपालिका–५, विकास चोकका २६ वर्षीय निखिल पराजुलीको अमेरिका जान डीभी परेपछि खुशीको सीमा थिएन । उनले नतिजा प्राप्त हुनसाथ कानुनी प्रक्रिया अघि बढाए ।

तर अमेरिका जान कक्षा १२ को शैक्षिक प्रमाण पत्र चाहिन्थ्यो । जुन पराजुलीसँग थिएन । अमेरिका जाने लोभमा उनले नक्कली प्रमाण पत्र बनाए र काठमाडौंस्थित अमेरिकी दूतावासमा पेश गरे ।

दूतावासका अधिकारीहरुले चेकजाँच गर्ने क्रममा उनको सर्टिफिकेट शंकास्पद देखियो । त्यसपछि उनीहरुले प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दियो ।

उजुरीपछि अनुसन्धान थालेको प्रहरीले मंगलबार महाराजगञ्जबाट पराजुलीलाई पक्राउ गर्यो। हाल उनी महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेको महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले बताएको अनलाईनखबरमा समाचार छ ।

हाल उनलाई जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal