अन्तर्राष्ट्रिय

भारतले आक्रमण गरे ‘पाकिस्तान हेरेर बस्दैन् जवाफ दिन्छ’ : इमरान खान

भारतले आक्रमण गरे ‘पाकिस्तान हेरेर बस्दैन् जवाफ दिन्छ’ : इमरान खान

कश्मीरको पुलवामा जिल्लामा भएको चरमपन्थी आक्रमणबारे पाकिस्तानका प्रधानमन्त्री इमरान खान पहिलो पटक कडा रुपमा बोफेका छन् ।

४० जवानको मृत्यु भएको यो घटनामा भारतले पाकिस्तानलाई दोषी ठहर्‍याएको छ र त्यसको जवाफ दिने बताएको छ । यो घटनाको जिम्मेवारी भने पाकिस्तानस्थित आतंकवादी संगठन जैश-ए-मोहम्मदले लिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खालले भने भारतले विना प्रमाण आरोप लगाएको बताएका छन् । उनले भने, ‘पाकिस्तान स्थायित्वतर्फ बढेको छ भने हामी किन यस्तो गर्छौं ।’

पाकिस्तानी प्रधानमन्त्री इमरानले भनेका छन्, ‘भारतको मिडिया राजनीतिमा सुन्नमा आएको छ कि पाकिस्तानसँग बदला लिनुपर्छ, त्यसैले हमला गर्नुपर्छ । यदि तपाईलाई लाग्छ कि पाकिस्तानमाथि आक्रमण गर्नुपर्छ । पाकिस्तानले के सोच्छ ? सोच्ने मात्र होइन, पाकिस्तानले जवाफ दिन्छ ।’

उनले अघि भने, ‘यसले पाकिस्तानलाई के फाइदा हुन्छ ? मैले पटक पटक भनेको छु कि यो नयाँ पाकिस्तान हो । पाकिस्तान आफैं आतंकवादीहरुबाट पीडित छ । म अफर गरिरहेको छु कि तपाई आउनुस् र छानविन गर्नुस् । यदि कसैले पाकिस्तानले जमिन प्रयोग गरेको छ भने उनीहरु हाम्रा पनि दुश्मन हुन् ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal