मनोरञ्जन

पशुपति शर्माको समर्थनमा ‘दिपक र माग्ने बुढा’ले लेखे यस्तो गीत

पशुपति शर्माको समर्थनमा ‘दिपक र माग्ने बुढा’ले लेखे यस्तो गीत

पछिल्लो समय सामाजीक सञ्जल गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको लोक गीत कै वरिपरि घुमेको छ । रिलिज भएको २४ घण्टा नपुग्दै युट्यूबको ट्रेन्डिङ नम्बर १० मा पुगेको उक्त गीत सरकारको आलोचना गरेको भन्दै सत्तापक्षले आक्रोश पोखेपछि गीत युट्यूवबाट हटाइएको थियो।

यो गीत हटाइएपछि चौतर्फी आक्रोश समेत पोखिएको छ। यस्तैमा कलाकारहरुले समेत यसको बिरोध गरेका छन्।

निर्माता तथा अभिनेता दिपकराज गिरीले आफ्नो फेसबुकमा यही गीतलाई बंग्याएर यसको बिरोध गरेका छन्। उनले लेखेका छन्, ‘लुट्न सम्म लुट कान्छा लुट्न सम्म लुट धेरै बोले कारवाही हुन्छ चुपलागेर सुत..गुड नाइट’ ।

त्यस्तै हास्य कलाकार केदार घिमिरेले पनि आफ्नो फेसबुकमा गीत लेखेर सरकारलाई नै व्यंग्य गरेका छन्। उनले लेखेका छन्, ‘ लुट्न सके लुट कान्छा लुट्न सके लुट्। लुट्या कुरा थापाउनेलाई भेट्नासाथै कुट ।। कलियुग लागेपछि उल्टो बग्छ खोलो। पशुपतिमा ओइरिएछ अरिङ्गालको गोलो ।।

यस गीतलाई धेरै तीरबाट दवाब आएपछि गायक पशुपति शर्माले नै एउटा लामो स्टाटस लेख्दै गीतलाई परिमार्जन गरेर ल्याउने भन्दै युट्यूवबाट हटाएका थिए तर लोकदोहोरी गीत प्रतिष्ठानले एक बिज्ञप्ती निकाल्दै गीत हुबहु फेरि युट्युबमा ल्याउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस