मनोरञ्जन

घट्दैछ ‘अनमोल साम्राज्ञी’बीचको दुरी

घट्दैछ ‘अनमोल साम्राज्ञी’बीचको दुरी

अभिनेता भुवन केसीले केहि वर्ष अघि चलचित्र ‘ड्रिम्स’ निर्माण गरे । यहि चलचित्रबाट आफ्ना पुत्र अनमोल केसी अभिनेताका रुपमा रजतपटमा डेब्यु गरे । यस अघि पनि उनले चलचित्र साथी म तिम्रोमा छोटो भूमिका त निर्वाह गरेका थिए । उनी मात्र होईन यहि चलचित्रबाट अभिनेत्रीका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहले अनमोलको जोडीका रुपमा रजतपटमा प्रवेश गरिन् ।

यो जोडीलाई दर्शकले खुबै रुचाए । दर्शकले अनमोल र साम्राज्ञीलाई फेरि पनि पर्दामा सँगै हेर्ने चहाना राखे । तर, यि दुबै नेपाली चलचित्र उद्योगमा आशा लाग्दा कलाकारका रुपमा व्यस्त रहदा यो जोडी फेरि पर्दामा जोडीका रुपमा दोहोरिएको छैन् ।

उल्टै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार सम्मेलनमा अनमोल केसी र उनलाई जोडेर पत्रकारले गरेको प्रश्नमा साम्राज्ञीले आफूलाई स्टारको खाँचो नभएको बताएकी थिईन् । उनले स्टार कलाकारलाई आफू चाहिने समेत भन्न भ्याएकी थिईन् । साम्राज्ञीको यो बोलीले त्यसताका राम्रै चर्चा पनि पाएको थियो

तर उनै साम्राज्ञी अहिले आएर आफ्नो बोली परिवर्तन गरेकी छिन् । साम्राज्ञीलाई पत्रकारले अनमोल केसीसँग काम गर्ने बिषयमा सोधेको प्रश्नमा आफू अनमोलसँग काम गर्न तयार रहेको बताएकी छिन् । उनले आफूहरु दुबैलाई सुहाउने खालको चलचित्रबाट अफर आए सँगै काम गर्ने बताएकी हुन् । उनले, अनमोल केसी र आफूलाई जोडी बनाउने गरि कुनै पनि चलचित्रबाट अफर नआएको पनि बताइन् ।

तर, आफू सधै नै अनमोलसँग काम गर्न तयार रहेको उनको भनाई थियो । साम्राज्ञीले अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को गीत र ट्रेलर आफूलाई निकै मन परेको भन्दै तारिफसमेत गरिन् ।

प्रतिक्रिया दिनुहोस