अन्तर्राष्ट्रिय

खतरनाक प्रेमी : जसले बिहेमा प्रेमीकालाई दिए डरलाग्दो उपहार

खतरनाक प्रेमी : जसले बिहेमा प्रेमीकालाई दिए डरलाग्दो उपहार

भारतको उत्तरप्रदेशको बस्ती जिल्लामा एक बिहे समारोहमा आइतबार हंगामा भयो । बस्ती जिल्लाको जयविजय गाउँमा एक युवतीको बिहेपछि रिसेप्शन चलिरहेको थियो । जहाँ सबै नातेदार आएका थिए र बिहे समारोहमा चलिरहेको थियो ।

युवतीका माइती पक्ष पाहुनाको स्वागतमा लागेका थिए । केही समयपछि युवतीका प्रेमी सलमान बिहे समारोहमा आईपुगे। प्रेमीले लुकाएर आफ्नो हातमा शीसाको बोतल लिएर पुगेको थियो, जसमा तेजाब भरिएको थियो । उपयुक्त मौकाको खोजीमा रहेको उसले मौका पाउनासाथ युवतीको अनुहारमा तेजाब फाल्यो र भाग्यो । तेजाबका कारण दुल्हनको अनुहार, आँखा र हात गम्भीर तरिकाले जल्यो ।

तेजाबका कारण दुल्हन ५० प्रतिशतभन्दा धेरै जलेकी छन् । दुल्हनको आँखामा तेजाब परेकाले उनको आँखाको कोर्निया खराब भएको बताईएको छ । दुल्हनको अवस्था नाजुक भएपछि उनलाई उपचारका लागि गोरखपुर मेडिकल कलेजमा लगिएको छ ।

प्रहरीले यो घटनामा तीब्ररुपमा सक्रिय हुँदै आरोपी सलमानलाई पक्राउ गरिसकेको छ । माथि गम्भीर अपराधमा मुद्दा दर्ता गरिएको छ । भारतमा प्रेमी–प्रमिकाबीच यस्ता घटनाहरु अत्याधिक हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal