मनोरञ्जन

बाबुको चौरासी गर्न छोराहरु हेलिकप्टरमा आएपछि…

बाबुको चौरासी गर्न छोराहरु हेलिकप्टरमा आएपछि…

गुल्मीको सदरमुकाम तम्घास चिदचौर माथिको आकाशमा हेलिकप्टर घुम्न के पाएको थियो, हेर्नका त्यसतर्फ दौडिने मानिसहरुको संख्य उत्तिखेरै बढ्यो ।

कसैले कोही बिरामी परेर हेलिकप्टर मगाईएको होला भन्ने अनुमान पनि गरे । जब हेलिकप्टर चिदिचौरमा बस्यो । हेलिकोप्टरबाट यात्रु ओर्लिए पछि पो थाहा भयो तम्घास क्याम्पसरोडस्थित मानबहादुर श्रेष्ठका छोरा, बुहारी र नातिनीहरु आएका रहेछन्।

बाबु श्रेष्ठको आजैदेखि चौरासी पुजा सुरु हुने भएकोले अमेरिकाबाट आएका जेठा छोरा ज्ञानेश्वर श्रेष्ठ, माईला हिरण्य श्रेष्ठ, काठमाडौंमा रहेका साईला छोरा नगेन्द्र र अमेरिकामा रहेका कान्छा छोरा वीरेन्द्र श्रेष्ठ ,जेठी बुहारी सैलाजा, उनका छोरीहरु अर्पणा र अर्चना श्रेष्ठ हेलिकप्टरमा आएका हुन् ।

मानबहादुर श्रेष्ठका सम्दी अर्थात शैलाजाका पिता बेहोरेका कृष्णबहादुर कुँवरले भने– ‘काठमाडांैबाट भैरहवा विमानस्थलका लागि आज विहान साढे ७ बजेको टिकट बुक गरि दिएको थिएँ तर मौसम खराबीका कारण रद्ध भयो । त्यसैले सिधै हेलिकप्टरमा तम्घास आउनुपरेको हो ।

अमेरिकामा रहेका श्रेष्ठका छोराहरुले हरेक बर्ष घर आउँदा समाजेसवाको क्षेत्रमा काम गर्ने गरेका छन् । रातोपाटीमा समाचार छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal