मनोरञ्जन

पशुपति शर्मालाई तलबबाट २५ हजार रूपैयाँ दिने कांग्रेस सांसद अमरेशको घोषणा

पशुपति शर्मालाई तलबबाट २५ हजार रूपैयाँ दिने कांग्रेस सांसद अमरेशको घोषणा

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ दिने घोषणा गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसद सिंहले शर्मालाई जनगायकको संज्ञा दिए। उनले दुईतिहाइको सरकारविरूद्ध यस्तो गीत गाउनुको साटो मुखमा ताला लगाएर हिँड्नुपर्ने भन्दै व्यंग्य पनि गरे।

यसअघि गायक शर्माको ‘लुट्न सके लुट कान्छा…’ भन्ने बोलको गीतका शब्दका विषय विवाद भएको थियो। राजनीतिक दबाब आएको भन्दै गायक शर्माले गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गीत हटाउनु अभिव्यक्ति स्वतन्त्रताको विरोधमा भएको बताएको थियो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal