मुख्य समाचार

बागलुङ-काठमाडौँ भिआइपी बस सेवा : यस्ता छन् सुविधा !

बागलुङ-काठमाडौँ भिआइपी बस सेवा : यस्ता छन् सुविधा !

बागलुङ: पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा शुरु गरेको छ। उक्त बसमा विभिन्न सुविधाहरु रहेका झन् ।

वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा रहेको छ। २० सिट क्षमताको बस आइतबारदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ। यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए।

बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु भएको हो र धवलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिमा आबद्ध भई प्रालिले बस सञ्चालन गरेको हो।

बागलुङ–काठमाडौँ भाडादर १५०० तोकिएको छ। जसमा बसभाडाबाहेक खाजा, चिया, पानी, मनोरञ्जन, चिसो पेयपदार्थ आदिको शुल्क जोडिएको छ। अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सकिने व्यवस्था रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal