मनोरञ्जन

माइतीघरमा ‘लुट्न सके लुट’ घन्काएर यसरी नाँचियो

माइतीघरमा ‘लुट्न सके लुट’ घन्काएर यसरी नाँचियो

पशुपति शर्माको विवादमा परेपछि युट्युबबाट हटाईएको गीत ‘लुट्न सके लुट कान्छा’ आइतबार माइतीघर मण्डलामा बजाइएको छ । स्वतन्त्र युवाको नाममा गरिएको कार्यक्रममा उक्त गीत बजाएर भव्य रुपमा नाचगान गरिएको थियो ।

त्यसबाहेक उपस्थित युवाले सरकारको आलोचनामा विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको उक्त गीत सत्ता समर्थक व्यक्तिहरुको धम्कीका कारण शर्माले हटाएका थिए ।

त्यसपछि सामाजिक सञ्जालमा व्यापक रुपमा सरकारको बिरोध र गायक शर्माको समर्थन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal