मनोरञ्जन

‘बोल माया’ करोड क्लबमा : लोकदोहोरीमा करोड दर्शक पाउने तेेस्रो गीत (भिडियो)

‘बोल माया’ करोड क्लबमा : लोकदोहोरीमा करोड दर्शक पाउने तेेस्रो गीत (भिडियो)

निकै चर्चाका रहेको लोकदोहोरी गीत गित “बोल माया” एक करोड क्लबमा प्रवेश गरेको छ । लोकदोहोरी क्षेत्रमा सबैभन्दा धेरै समय अत्यधिक रुचाइएको सूचिमा रहेको सो गितले सार्वजनिक भएको एक बर्ष नपुग्दै युट्ययुबमा एक करोड भ्युअर पाएको हो ।

यो गितले चर्चासँगै प्रकाश सपुत, शान्ति श्री परियार र अञ्जली अधिकारीलाई समेत सबै माझ अत्यधिक चर्चामा पुर्याउदै ब्यस्त बनाईदियो ।

बोल मायाका सर्जक प्रकाश सपुतको यो गित लोकदोहोरीमा करोड दर्शक बनाउने तेस्रो गित हो । यस अगाडी उहि खोलीको पानीले सबै भन्दा पहिला करोड दर्शक बनाएको थियो भने त्यस पछि सालको पातले करोड क्लव नघाएको हो ।

बोल मायाले धेरै नेपालीहरुका आँखा रसाउने बनाएको थियो भने सर्जक प्रकाश सपुतलाई अब्बल सर्जक तथा मोडलको रुपमा समेत परिचय थपेको थियो ।

प्रकाश सपुतकै निर्देशन र अभिनय समेत रहेको सो गितमा नारायण रायमाझी,शान्ती श्री परियार र प्रकाशकै आवाज रहेको छ । गीतले विदेशमा ज्यान गुमाउने युवाको कथालाई निकै मार्मिक रुपमा उठाएको छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal