मनोरञ्जन

अन्माउदा रुन्न भनेर सोचेकी थिएँ तर रोएँ, भाइहरु रोएपछि आँसु आयो : बर्षा

अन्माउदा रुन्न भनेर सोचेकी थिएँ तर रोएँ, भाइहरु रोएपछि आँसु आयो : बर्षा

नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिहिबार बिहे गरे । शुक्रबार भने उनीहरुले आफन्त र चलचित्रकर्मीलाई भव्य पार्टीको आयोजना गरे ।

बिहेको भव्य पार्टीमा बर्षाले भनिन्–‘अहिले नै हाम्रो कुनै योजना छैन । किनकी, मेरो अबको १० दिनपछि चलचित्र ‘जात्रै जात्रा’को छायांकन छ । बरु, मलाई भनिदिनुहोस् कि, यो मेहेन्दीको दाग कसरी हटाउने ?’

बिहे भएपछि के फरक हुँदोरहेछ भन्ने प्रश्नमा संजोगले भने–‘महशुश त त्यस्तो केही पनि भएन । तर, मानिसहरुको आर्शिवाद पाउँदा झसक्क भइँदो रहेछ ।’नायिका बर्षा राउतले भने अब आफूले संजोगलाई ‘बुढा’ भन्न पाएको बताइन् । मोबाइलमा आफूले ‘दुलाहा राजा’ भनेर संजोगकको नाम सेफ गरेको बताए ।

बिहेको दिनमा आँशु आयो कि आएन भनेर प्रश्न सोध्दा बर्षाले भनिन्–‘पक्कै पनि अन्माउँदा रुन आउँदा रहेछ । म रुन्न भनेर सोचेकी थिएँ । तर, माहोल हेरेपछि म रोएँ ।’भाइहरु पनि रोएपछि आफू रोएको बर्षाले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal