अन्तर्राष्ट्रिय

आँखा चिम्लिएर मोदीले गरे मारिएका सुरक्षाकर्मीको अन्तिम विदाई (भिडियो)

आँखा चिम्लिएर मोदीले गरे मारिएका सुरक्षाकर्मीको अन्तिम विदाई (भिडियो)

जम्मु कश्मीर को पुलवामा भएको आतंकवादी हमलामा परि मृत्यु भएका सीआरपीएफका ४४ जवानप्रति श्रद्धाञ्जली दिइएको छ। शुक्रबार साँझ सीआरपीएफका शहीद जवानको पार्थिव शरीर दिल्लीको पालम एयरपोर्ट मा राखिएको थियो। र सोही ठाँउमा पुगेर भारतीय उच्च पदस्थ ब्यक्तीहरुले अन्तीम श्राद्धञ्जली दिएका हुन् ।

जहाँ जवानहरुप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, काँग्रेस आईका अध्यक्ष राहुल गांधी शहिद जवान प्रति श्रद्धांजलि दिएका थिए । त्यस्तै शहीद जवान प्रति गृह मंत्री राजनाथ सिंह, रक्षा मंत्री निर्मला सीतारमण, दिल्ली का मुख्यमंत्री अरविंद केजरीवाल, सेना प्रमुख जनरल बिपिन रावत लगायतले पनि श्रद्धांजलि दिएका थिए ।

भारत प्रशासित कश्मीरको पुलवामा भन्ने ठाउँमा अर्धसैनिक बलका जवानहरू चढेको ७० गाडीको लस्करमा आत्मघाती विस्फोटन गराउदा मृतकको संख्या ४४ पुगेको बताइएको छ भने कैयौं घाइते छन्। 

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal