मुख्य समाचार

गगन थापा आफुले ‘बाख्रापालन’ गरेको ठाउँ नुवाकोट पुुगेर यसो भने !

गगन थापा आफुले ‘बाख्रापालन’ गरेको ठाउँ नुवाकोट पुुगेर यसो भने !

पुर्व स्वस्थ्यमन्त्री तथा हालका सांसद नेपाली कांग्रेसका नेता गगन थापालाई बिपक्षी नेताहरुले समय-समयमा बाख्रापालनका नाममा करोडौ अनुदान खाएको आरोप लगाउने गर्छन् ।

यसैक्रममा शुक्रबार गगन थापा आफुले कुनै समय बाख्रापालन गरेको ठाउँ नुवाकोटको राउतबेँसीमा पुगेर फेसबुकमा फोटो सहित स्टाटस लेख्दै मैले सरकारी कोषबाट करोडौँ खाएको आरोपको सरकारबाट छानबिन गरि खसी सार्वजनिक गर्दिनेे बिश्वास लिएको छु भन्दै चुनौतीका साथ ब्यंग्य गरेका छन्

यस्तो छ उनको स्टाटस –
“आज नुवाकोटको राउतबेसी जाने क्रममा सुनखानीमा मैले कुनै समय बाख्रापालन गरेको ठाउँमा पुग्ने अवसर जुर्‍यो। केही महानुभावहरूका अनुसार मैले सरकारी कोषबाट यही ठाउँ देखाएर १४ करोड हिनामिना गरेको हुँ रे। सरकारबाट ममाथि लागेको यो आरोपको छानबिन गरी ‘खसी’ सार्वजनिक गर्दिने विश्वास लिएको छु।”

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal