खेलकुद

महिला गोल्डकप : मञ्जलीलेे ४५ औँ मिनेटमा गोल गर्दै फर्काईन खुसी

महिला गोल्डकप : मञ्जलीलेे ४५ औँ मिनेटमा गोल गर्दै फर्काईन खुसी

हिरो महिला गोल्डकपको फाइनलमा पहिलो हाफसम्म नेपालले १–१ गोलको बराबरीमा गरेको छ । म्यानमारले गोल गर्दै बनाएको १–० को अग्रता नेपालकी मञ्जली योञ्जनले ४५ औँ मिनेटमा बराबरी गरेकी हुन् ।

गोल्डकपकै राउण्ड रोबिनको पहिलो खेलमा म्यानमारसँग ३–० ले हारेको नेपालले भारतलाई २–१ ले र इरानलाई ३–० ले हराएर फाइनल पुगेको थियो ।

फिफा वरियतामा म्यानमार ४४ औं स्थानमा छ भने नेपाल १०८ औं स्थानमा । आफूभन्दा ६४ स्थानमाथिको टीमसँगको खेलमा नेपालले सम्हालिएको खेल देखाइरहेको छ ।

फाइनल खेल जित्न सके नेपाली महिला फुटबलमा ऐतिहासिक जित हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal