मनोरञ्जन

निरुता सिंहसँग बाबू छोरा ‘भुवन र अनमोल’को रोमान्स (हेर्नुहोस भिडियो)

निरुता सिंहसँग बाबू छोरा ‘भुवन र अनमोल’को रोमान्स (हेर्नुहोस भिडियो)

अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को दोस्रो गीत ‘रहर छ सँगै’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा निर्माण युनिटले फिल्मको गीत सार्वजनिक गरेको हो ।

रोमान्टिक शैलीको यो गीतमा अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहले नृत्य गरेका छन् । अभिनेता अनमोल केसी पनि गीतमा देखिएका छन् । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको गीत मेलिना राई र एसडी योगीले गाएका हुन् ।

एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीतका हर्क साउद र मनिष ढकालको् शब्द छ ।

अभिनेत्री निरुताले २५ वर्षपछि भुवनसँग काम गरेकी छन् । १७ फागुन प्रदर्शन मिति तोकिएको यो फिल्म ‘क्याप्टेन’ मा अनमोलसँगै उपासनासिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि अभिनय छ ।

दिवाकर भट्टराईको निर्देशन रहेको फिल्मको निर्माता भुवन केसी हुन्, भने कथा सामिप्यराज तिमल्सिनाको रहेको छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal