विचित्र संसार

यी ७ वर्षिय बालक : जो ‘चितुवाको गती’मा दौडन्छन् (हेर्नुहोस् भिडियो)

- एजेन्सी

यी ७ वर्षिय बालक : जो ‘चितुवाको गती’मा दौडन्छन् (हेर्नुहोस् भिडियो)

उमेर जम्मा ७ वर्ष पुगेका यी बालकको अहिले चारैतिर चर्चा छ । उनको नाम रुडोल्फ इन्ग्राम हो । उनि अमेरिकाको फ्लोरिडा राज्यको बे अफ टेम्पामा बस्छन् ।

अमेरिकी बालक रुडोल्फले फ्लोरिडाको एएयु सिजनको दौरान विश्वरेकर्ड बनाएका छन् । यी बालकले मात्रै १३.४८ सेकेण्डमा १०० मिटर दौड पूरा गरेका छन् । यो उमेर समूहमा यो सबैभन्दा छिटो हो र नयाँ विश्वरेकर्ड हो ।

रुडोल्फका पिताका अनुसार उनी दौडमा उसेन बोल्डको रेकर्ड तोड्न चाहन्छन् । रुडोल्फ बोल्टको रेकर्डभन्दा ३.९ सेकेण्ड पछाडि छन् । उनी जस्टिन गेटलिनको रेकर्डभन्दा ३.५६ सेकेण्ड पछाडि छन् । उसेन बोल्टले २००९ मा बर्लिन वर्लरड च्याम्पियनशिपमा ९.५८ सेकेण्डमा १०० मिटर दौड पूरा गरेका थिए ।

हेर्नुहोस् रुडोल्फ कसरी चितुवा झै दौडन्छ भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal