मुख्य समाचार

पोखरामा डरलाग्दो दुर्घटना : मान्छेसहित मोटरसाईकल ट्रकभित्र पस्यो

पोखरामा डरलाग्दो दुर्घटना : मान्छेसहित मोटरसाईकल ट्रकभित्र पस्यो

पोखराको सिर्जनाचोकमा डरलाग्दो दुर्घटना भएको छ ।
ना ३ ख १०२० नम्बरको ट्रक र ग २ प १८७४ नम्बरको मोटरसाईकल आपसमा ठोकिएर दुर्घटना भएको हो ।

चोकमा मोडिने क्रममा मोटरसाईकल मान्छेसहित ट्रकमुनि पसेको थियो । दुर्घटनामा ६५ बर्षीय मुक्ति भण्डारी घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकलको ट्यांकी समेत फुटेको र ट्रकभित्र पसेपछि १० मिटर जति घिसारिएको थियो । घाइतेको पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal