मुख्य समाचार

प्रेमको प्रतिक मानिने ‘रानीमहल’मा प्रेमिल जोडीहरुको भीड

प्रेमको प्रतिक मानिने ‘रानीमहल’मा प्रेमिल जोडीहरुको भीड

पाल्पाको रानीघाट दरबारमा प्रेम साट्नेहरुको बिहिबार बिहानैदेखि भीड लागेको छ। रानी तेजकुमारीको सम्झनामा तत्कालीन राजा खड्ग शम्सेरले झण्डै १ सय २० वर्ष पहिले बनाएको यो सुन्दर दरबार देशकै पुरातात्विक महत्वको धरोहर हो। नेपालको ताजमहलको रुपमा हेरिने रानीघाट दरवारमा बुधबार देखिनै प्रेम साट्नेहरुको भीड बढेको छ ।

तानसेन नगरपालिकामा पर्ने रानीघाट दरबार कालीगण्डकीको किनारमा अवस्थित छ। प्रेमको प्रतिक मानिने यस महल
सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा भिरालो चट्टानमाथि झण्डै ६ रोपनी जग्गामा छ।

२०५६ सालमा पुरातत्व विभागबाट दरबारको मुख्य भागको मर्मत गरिए पनि धेरै भाग अझै जीर्ण छ र त्यो जीर्ण भागको मर्मत गर्ने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal