मुख्य समाचार

एअरपोर्टमा गरिएको सामान जफतको बिरुद्धमा रेखाले बुझाइन् मन्त्रीलाई पत्र

एअरपोर्टमा गरिएको सामान जफतको बिरुद्धमा रेखाले बुझाइन् मन्त्रीलाई पत्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कर असुल्ने नाउँमा गरेको अपहेलानायुक्त व्यवहार गरेको भन्दै नायिका रेखा थापाले केही अगाडि फेसबुकमा स्टाटस लेख्दै बिरोध जनाएकी थिईन् । यश बिषयमा रेखालाई सर्वत्र समर्थन मिलेको थियो । हालै रेेेखा श्रममन्त्री समक्ष पुगेेर ज्ञापनपत्र समेत बुझाएकी छन् ।

रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई मन्त्रालयमा भेटेर श्रमिकहरुको गुनासोको बारे ध्यानाकर्षण पत्र बुझाएकि हुन् । पत्र बुझ्ने मन्त्री विष्टले अर्थ मन्त्रालय सँग समन्वय शुरु गर्ने बताएका छन् ।

सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय अगाडि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने प्रावधानको कार्यान्वयनमा सरकार उत्रेको हो ।

गत सोमबार सरकारले विदेशबाट फर्केका नेपालीहरुले बढी परिणाममा ल्याएको सामान बिक्रीका लागि सुचना निकालेको थियो।

त्यही अनुसार निजी गुण्टा, झिटि, भारी सम्बन्धी सूचना जारी गरेको झण्डै अढाइ वर्षपछि गत सातादेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसमा गरिएका व्यवस्थालाई कडाइका साथ लागु गरेको जनाएको छ।

यात्रुहरूले तोकिएकोभन्दा बढी सामान ल्याउने चलन बढ्दै गएपछि त्यसमा कडाइ गरिएको अधिकारीहरूको भनाइ छ। सरकारको यो कडाईको सर्वत्र आलोचना भएको छ ।

यस्तो छ ज्ञापन पत्र :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal