धर्म/ संस्कृति

कस्तो छ हजुरको आज : ‘राशिफल’ फागुन २, फेब्रुअरी १४ तारिख, बिहिबार

कस्तो छ हजुरको आज : ‘राशिफल’ फागुन २, फेब्रुअरी १४ तारिख, बिहिबार

राशिफल’ २०७५ फागुन २, फेब्रुअरी १४ तारिख, बिहिबार

मेषः आज आफ्ने पराक्रमले आज धन आर्जन गर्न सकिने छ । काममा बाधा हाल्नेहरू आज सक्रिय रहने छन । प्रेममा वादविवाद हुन सक्ने छ । अध्यानमा मन जाने छैन । आज कसैलाई दिएको धन फिर्ता हुने झन्झट हुने छ। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृषः वृष रासि हुने मित्रलाई आजको दिन भ्रमणमा रूचि बढ्ने छ । आज तपाईको बोलिको प्रशंसा हुने छ। प्रेममा समझदारी आउने छ । नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्ने छ । अध्यानमा रूचि हुने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ ।

मिथुनः आजको दिनमा अध्यानको क्षेत्रमा सफलता पाइने छ । पतिपत्नि बिच समधुर सवन्ध आउने छ । रोकिएका कामहरू आज बनेर जानेछन । आज तपाईले बहुमुल्य सामान मिल्न सक्ने योग रहेको छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कर्कटः कर्कट राशिहरूको आजको दिनमा प्रेममा सफलता प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । मन प्रशन्न रहने छ । आफन्तको सहयोग मिल्ने छ । छोटो दुरीको रमाईलो यात्राको अवसर मिल्ने छ । आज घरजग्ग् जोडिने योग रहेको छ । मित्रको सहायोग मिल्ने छ ।

सिंहः सिंह राशि हुने मित्रहरूको आज आज तपाईको बोलिको अनर्थ आग्नाले विवाद मा तानिनु पर्ला । आर्थिक पक्ष कमजोर रहने छ । प्रेममा मनमुताव हुने छ । अध्यानमा मन जाने छैन । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । कार्यहरू अधुरै रहला । प्रेममा मनमुटाव आउला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।

कन्याः आजको दिनमा इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । बालिको प्रभाव बढ्ने छ । मानसम्मान पाइने छ । विलासिताको सामान प्राप्त हुने छ । अध्यानमा मन जाने छ । सामाजिक कार्यमा मन जाने छ । आज तपार्इको बौद्धकताको प्रशंसा हुने छ ।

तुलाः तुला राशि हुने मित्र हरूको आज आकस्मीक धन लाभ हुने छ । भेटघाटमा मन रमाउने छ । प्रियजनसँग समधुर सबन्ध स्थापित हुने छ । आफन्तले सहयोग गर्ने छन । छोटो दरिको यात्रा हुने छ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

वृश्विकः आजको दिनमा शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । व्यपारमा मनग्य फाईदा हुने छ । स्वास्थ्यमा सुधार आउने छ । फलदायी यात्राको अवसर मिल्न सक्ने छ । राजनितिक क्षेत्रमा सफल्ता मिल्ने छ । प्रेममा सफल भइने छ ।

धनुः आजको दिनमा आज सञ्चित धन हानि हुने छ । प्रेममा असमझदारी बढेर जानेछ । आज तपाईको आलोचना गर्नेहरू बढेर जानेछन । कानुनि झमेलामा पर्न सकिने छ । यात्रा गर्दा चोटपटक लाग्न सक्छ । विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । खर्चिलो यात्रा रहला ।

मकरः मकर राशि हुने मित्रको आज दिनमा मन प्रसन्न रहनाले अध्यानमा रूचि बढ्ने छ । प्रिय मित्रको सहयोगले आज राकिएका कामहरू बन्ने छन । दाम्पत्य जिवन सुखद रहने छ । रोजगारीको अवसर मिल्ने छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ ।

कुम्भः आज आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । व्यपार व्यवसायमा फाइदा हुने छ । धन सञ्चित गर्न सकिने छ । आफन्तबाट भरपुर सहयोग मिल्ने छ । साथिभार्इ सँगको भेटघटमा मन रमाउने छ । मिष्ठान्न भोजनको हुने छ । प्रेमिको विषेश माया पाइने छ ।

मिनः आज आजको दिन स्वादिष्ट भोजन पाईनेछ । शत्रु परास्त भएर जाने छन । परिवारमा शान्त वातावरणको सिर्जना हुने छ । हरायको धन आज प्राप्त हुनसक्ने छ । धार्मिक कार्यमा मन जाने छ । सामाजिक प्रतिष्ठा मिल्ने छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
आजकोदिन तपाईको शुभ रहोस।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal