मनोरञ्जन

‘बोल माया’ पछि शान्ति श्री परियारको आयो अर्को मार्मिक गीत (हेर्नुहोस भिडियो)

‘बोल माया’ पछि शान्ति श्री परियारको आयो अर्को मार्मिक गीत (हेर्नुहोस भिडियो)

बोल माया गीतसँगै चर्चाको शिखरमा पुगेकी लोकदोहोरी गायिका शान्ति श्री परियारको मार्मिक दोहारी गीत बजारमा आएको छ।

नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको बियोगान्त गीतको भिडियो बजारमा आउने क्रममा तिम्रै यादमा बाँच्न पाईया छ हालै सार्वजनिक भएको छ ।

प्रियसी म्युजिक प्रा. लि. को प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक गणेश सिंह ठकुरीको आवाजमा सजिएको लोकदोहोरी गीत “तिम्रै यादले बाँच्न पाइया छ“ गीतको अडियो तथा भिडियो बजारमा आएको हो

प्रकाश भण्डारीको शब्द तथा गणेश सिंह ठकुरीको लय सिर्जना रहेको उक्त गीतमा मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको छ।

हेर्नुहोस भिडियो :.

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal