मनोरञ्जन

क्युट जोडी ‘कृशल र सेड्रिना’ म्युजिक भिडियोमा एकसाथ (भिडियो)

क्युट जोडी ‘कृशल र सेड्रिना’ म्युजिक भिडियोमा एकसाथ (भिडियो)

चलचित्र ‘नाइँ नभन्नु ल–५’बाट चर्चामा आएकी बालकलाकार सेड्रिना शर्मा अहिले अध्ययनको लागि भारतमा छिन्। उनले भारतको मसुरीमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्नेछिन्।

‘नाइँ नभन्नु ल’ को सुरुवात देखिनै ब्रान्ड बनेका अनुभव रेग्मी तथा यही सिरिजबाट नेपाली फिल्ममा डेब्यु गरेकी सेड्रिनाको जोडीलाई दर्शकले निकै मन पराए। उनीहरूको जोडीलाई लिएर सामाजिक सञ्जालमा समेत निकै राम्रा प्रतिक्रिया आएका थिए।

यसैबीच सेड्रिनाले नेपाल आइडलको टप ८ बाट बाहिरिएका प्रतिस्पर्धी कृशल कँडेलसँग म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। यसमा पनि उनिहरुको जोडी निकै जमेको प्रतिक्रियाा आएको छ ।जुन भिडियो हेर्न चाहिँ केही समय कुर्नैपर्ने हुन्छ।

एक युट्युब च्यानलमा दुवै एकसाथ अन्तर्वार्तामा आएपछि धेरैले जोडी जमेको भनेर प्रतिक्रिया दिएका थिए।

हेर्नुस् रमाईलो कुराकानी भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal