मुख्य समाचार

पोखरामा १४ वर्षीय बालकका हत्यारा ‘सीसी टिभी’को सहायतामा पक्राउ (भिडियो)

पोखरामा १४ वर्षीय बालकका हत्यारा ‘सीसी टिभी’को सहायतामा पक्राउ (भिडियो)

पोखरामा सोमबार मध्येरात १४ वर्षीय सचिन सिञ्जालीको हत्या गर्ने पक्राउ परेका छन् । उनलाई आफ्नै साथी बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजाले हत्या गरेका प्रहरीले जनाएको छ ।

पाल्पा घर भई लेकसाइडमा आमासँग बस्दै आएका सचिनको चक्कूले घाँटी रेटेर हत्या भएको अवस्थामा हल्लनचोक स्थित निर्माणाधीन एक भवनमा शव फेला परेको थियो । प्रहरीले सीसी टिभी क्यामेरा सहायताले केहि घण्टामै हत्यारा पत्ता लगाएको छ ।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीका अनुसार मुख्य अभियुक्त बेनी काले रहेको र उसले २ जना बालकहरुको नाम समेत जोडेकाले उनीहरुको बारेमा अनुसन्धान भईरहेको जानकारी दिएका छन् । सचिनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ ।

मृतकका बाबु गोबिन्द सिन्जाली पनि पोखरा नै छन् । उनी लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । मृतक सचिन हजुरआमा र आमासँग नै बस्दै आएका थिए । आमा सुनिता लेकसाइडमै एक स्पा चलाउँदै आएको बताईएको छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस