भिडियो समाचार

‘वर्षा र संजोग’ले यसरी गरे इंगेजमेन्ट (हेर्नुहोस् भिडियो)

‘वर्षा र संजोग’ले यसरी गरे इंगेजमेन्ट (हेर्नुहोस् भिडियो)

आगामी फागुन २ गते भ्यालेनटाइन डेको दिन विवाहको मिती तय गरेका प्रेम जोडी अभिनेत्री बर्षा राउत र संजोग कोइरालाले सोमबार इंगेजमेन्ट गरेका छन्। काठमाडौंको रोयल सिङ्गी होटलमा उनीहरुले इंगेजमेन्ट गरेका हुन् । इङ्गेजमेन्ट कार्यक्रममा दुवै परिवारका सदस्यहरु मात्रै उपस्थित थिए।

पछिल्लो समय निकै व्यस्त नायिका बर्षा र संजोगले आफ्नो अफिसियल फेसबुकमार्फत इंगेजमेन्टको जानकारी दिएका हुन् । फागुन २ गते विवाहको तयारीमा रहेका उनीहरु अहिले विवाहको तयारीमा निकै व्यस्त छन् । तर विवाह कहाँ गर्ने भन्ने स्थान भने सार्वजनिक गरिसकेका छैनन् ।

बिवाहमा पनि नजिकका आफन्तलाई मात्र निमन्त्रणा गरिएको र बिहेको भोलीपल्ट फिल्मकर्मीहरुलाई भोजको आयोजना गरिएको उनिहरुले बताएका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal