मनोरञ्जन

बर्षा र संजोगले गरे इन्गेजमेन्ट, बन्यो ‘सन्सा’ जोडी

बर्षा र संजोगले गरे इन्गेजमेन्ट, बन्यो ‘सन्सा’ जोडी

नायक संजोग कोइराला र नायिका बर्षा राउतले इन्गेजमेन्ट गरेका छन् । यो जोडीले सोमबार इन्गेजमेन्ट गरेको हो । इन्गेजमेन्टमा बर्षा र संजोगकको परिवार मात्र उपस्थित थिए । यो जोडीले फागूण २ गते प्रेमदिवसको अवसर पारेर बिहे गर्दैछ।

यो जोडीले फागूण ३ गते भने काठमाण्डौमा चलचित्रकर्मीका लागि पार्टीको आयोजना गरेको छ । बिहेपछि यो जोडीले आफ्नो नामलाई समेत मिलाएर एउटै नाम बनाएको छ ।

अब यो जोडीको नाम ‘सन्सा’ राखिएको छ । बर्षा र संजोग विगत ७ बर्षदेखि प्रेममा थिए ।

प्रतिक्रिया दिनुहोस